दर्शन र शास्त्रहरुमा जीवनका सबैभन्दा महत्पपूर्ण र सामान्य कामहरुबारे वाख्या गरिएको छ।
वाख्यामा उल्लेख गरिएका कतिपय कुराहरु रोचक मात्र हैन, ज्यादै जीवन उपयोगीपनि छन्। जसलाई ध्यानमा राख्दा स्वास्थ्य लाभकासाथै सुख समृद्धि पनि प्राप्त हुने विश्वास छ।\
खासगरी सुत्दाखेरी दक्षिण दिशामा शिर र उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ। वातावरणमा चुम्बकीय शक्ति रहेको हुन्छ। जसमा शक्ति दक्षिणबाट उत्तरतिर गइरहेको हुन्छ।
हामीले दक्षिणतीर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ। यसरी ऊर्जाको यात्रा क्रममा भोजन पनि मजाले पच्छ। यसरी सुतेर बिहानीपख उठ्दा हाम्रो दिमाग शान्त हुन्छ। र हामी ताजापनपनि महसुस गर्छौं।
यसबाहेक राती खाना खानेबित्तिकै नसुत्नुहोला। खाएपछि एकछिन पैदल हिँड्नुस् वा बस्नुहोस्। खाना खाएको कम्तीमा दुई घन्टापछि मात्र सुतेको राम्रो मानिन्छ। सुत्नुअघि राम्रो सकारात्मक सोच जगाउने पुस्तक पढ्दा झन् उपयुक्त मानिन्छ।