शनिबार, १२ जुलाई २०२५

जुवाडे पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

दमक
2021-04-06 21:31:00
News Image
• • •

जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट ९ जुवाडेलाई पक्राउ गरेको छ।

गौरादह नगरपालिका- ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित ९ जनालाई नियन्त्रणमा लिएको हो।

सो सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?