बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसद्को पद निलम्बनको प्रक्रिया अगाडि बढाएको छ।
त्यसबारेमा पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता गरेकाे सचिवालयले जानकारी दिए।
सचिवालयका अनुसार सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद् समेत नरहने गरी कारबाही गरिएको जानकारीसहितको पत्र संसद् सचिवालयमा दर्ता गरिएको हाे।
पत्रमा गृहमन्त्री रहेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा 'बादल' बारे भने केही पनि उल्लेख नगरिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।
माओवादीले केही दिनअघि मन्त्री रहेका आफ्ना पाँच जना सांसद्लाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । माओवादी त्यागेर एमालेमा लागेका पाँचै जना नेताहरुले त्यसको अवज्ञा गरेका थिए ।
चार जना प्रतिनिधिसभा सदस्यलाई मात्र हटाउन पत्र लेखेकाले माओवादीले सत्ताको खेलमा लागेको अनुमान गरिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया