बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसद्को पद निलम्बनको प्रक्रिया अगाडि बढाएको छ।
त्यसबारेमा पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता गरेकाे सचिवालयले जानकारी दिए।
सचिवालयका अनुसार सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद् समेत नरहने गरी कारबाही गरिएको जानकारीसहितको पत्र संसद् सचिवालयमा दर्ता गरिएको हाे।
पत्रमा गृहमन्त्री रहेका राष्ट्रियसभा सदस्य रामबहादुर थापा 'बादल' बारे भने केही पनि उल्लेख नगरिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।
माओवादीले केही दिनअघि मन्त्री रहेका आफ्ना पाँच जना सांसद्लाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । माओवादी त्यागेर एमालेमा लागेका पाँचै जना नेताहरुले त्यसको अवज्ञा गरेका थिए ।
चार जना प्रतिनिधिसभा सदस्यलाई मात्र हटाउन पत्र लेखेकाले माओवादीले सत्ताको खेलमा लागेको अनुमान गरिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया