जङ्गबहादुरको पालाको काठमाडौं

हिमाल खबर

काठमाडौँ

मार्च महीनाको मध्यतिर समस्त भारतमा जस्तै काठमाडौंमा पनि नयाँ वर्षको उत्सव मनाइन्छ।

यहाँ धेरै दिनसम्म यो उत्सव चालू रहन्छ। समस्त वर्गका जनता एउटै किसिमले उत्सव मनाउँछन्। बिहानपख बाटामा हिंड्नेहरू एक-अर्कोलाई अबीर छ्याप्तछन्। उत्सवपछि एक सातासम्म पनि सडकहरूमा रातो टाटो लागेको सेतो लुगा लगाएका मानिसहरू भेटिन्छन्।

यो उत्सवको खुसीयालीको चिह्न हो। साँझपख सम्पन्न मानिसहरू आफ्नै घरमा तमासा अर्थात् नेपाली ब्याले र नाटकको आयोजना गर्दछन्। नेपालमा ब्यालेको राम्रो विकास भएको छैन।

स्थानीय नर्तकीहरू न कलानिपुण छन्, न त सुन्दरी नै। कश्मीरबाट मगाउनु ज्यादै महँगो पर्दछ। कश्मीरकी गएगुज्रेकी नर्तकीले समेत एक हप्ता नाच देखाएको अन्दाजी एक हजार रुपियाँ माग्दछे, जुन हाम्रो मुद्रामा सात सय रूबल बराबर हुन्छ। 

प्रकाशित मिति: : 2021-04-03 21:46:00

प्रतिकृया दिनुहोस्