हावाहुरीले विद्यालयको छाना उडायो

जुम्लाको तातोपानी गाउँपालिका- ८ टोप्लाको काविका माविको छाना हावाहुरीले उडाएको छ।

विद्यालयको छाना हावाहुरीले उठाएपछि विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य भएका छन्। उक्त विद्यालयमा आइएसी एजीको अध्ययन समेत हुन्छ। 

त्यसैगरी गाउँ नजिक खोलाको किनारमा रहेको कुटानीपीसानी मिलको छाना पनि हावाहुरीले उडाएको स्थानीय हरिबहादुर शाहीले बताए। 

उनले भने, 'हावाहुरी उठाएका जस्ता पाता लागेर स्याउको विरुवा गाईवस्तुलाई पनि क्षति पुगेको छ।'

प्रकाशित मिति: : 2021-04-03 19:16:00

प्रतिकृया दिनुहोस्