देशभर पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७२७ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ। पछिल्लो २४ घण्टामा कारोनाका कारण एक जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६१ जना छन्। योसँगै उपचार पछि निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार १२३ पुगेको छ। नेपालमा निको हुने दर ९८ दशमलब तीन प्रतिशत रहेको छ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६१३ रहेका छन् । उनीहरुमध्ये ५९ जना क्वारेन्टिनमा छन्। अन्य आइसोलेशनमा छन्।