सुनिल क्षेत्री र लोसिना लामिछानेको अभिनयमा बनेको म्युजिक भिडियो ‘प्रेम युद्ध’ सार्वजनिक भएको छ। मंगलबार ‘एडी फिल्मस्’को युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो।
गीतमा विश्वास नेपाल र रचना रिमालको स्वर रहेको छ। हिराछवि श्रीशले लेखेको उक्त गीतको लय विश्वास आफैले गरेका हुन्।
प्रेम कथामा बनेको गीतको भिडियोमा सुनिल, लाेसिनासँगै विश्वास लगायतको अभिनय रहेको छ।