चाँयाबाट बच्न यसो गर्नुहोस् !

Symbolic photo
Symbolic photo

जाडो मौसममा चाँया पर्नु त सामान्य नै मानिन्छ। टाउकोमा चाँया परेपछि अनुहार, घाँटी र कपडामासमेत देखिन थाल्छ। जसले गर्दा मानिसलाई निकै तनाव हुने गर्छ।

यसबाट बच्नका लागि मानिसले बजारका धेरै सामानहरू अपनाउने गर्छन्, तर थुप्रै औषधिहरूको प्रयोग गरेता पनि चाँयाको समस्या दोहोरिरहने गर्छ। त्यसैले यसबाट बच्नका लागि अपनाउनुहोस्, यी घरेलु उपाय :

जाडो र गर्मी दुवै मौसममा चाँयाको समस्या आउँछ भने कालो नुनको प्रयोग फाइदाजनक हुन्छ। कपाललाई हल्का मनतातो पानीमा पखाल्ने र कालो नुन हातमा लिएर कपालमा मसाज गर्ने त्यसपछि तौलियाले बेरेर पाँच मिनेट राखेपछि स्याम्पुले धुनुपर्छ। यो प्रक्रिया केही हप्तासम्म दोहोर्याएमा चाँया क्रमशः कम हुँदै जान्छ।

हामीले नियमित प्रयोग गर्ने स्याम्पुसँगै अलिकति नुन मिसाएर टाउकोमा लगाउने हो भने चाँयाबाट चुत्करण मिलन सक्छ। नुन र स्याम्पुको प्रयोग गर्नुभन्दा अगाडि कपाल राम्रोसँग भिजाउँनुपर्छ। नुन र स्याम्पु लगाएको ५ देखि १० मिनेटसम्म राम्रासँग मसाज गरेर पखाल्नुपर्छ। यसले विस्तारै चाँया कम गर्दै जान्छ। 

प्रकाशित मिति: : 2021-03-28 21:16:00

प्रतिकृया दिनुहोस्