शनिबार, १२ जुलाई २०२५

रामचन्द्र पौडेल भन्छन्- 'प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनुपर्छ' 

बिएल संवाददाता

बिएल संवाददाता

उर्लाबारी
2021-03-27 20:12:00
News Image
• • •

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मिलेर प्रद्यानमन्त्री ओलीलाई हटाउनु पर्ने बताएका छन्।

मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा शनिबार अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता पौडेलले भने, 'यो व्यवस्थालाई सुदृढ बनाउने र ओलीको सारा सेटिङ भत्काएर स्वच्छ निर्वाचन तर्फ लाग्नुपर्छ।'

नेता पौडेलले लामो संघर्षबाट ल्याएको संघिय लोकतान्तिक गणतन्त्र र सबैलाई अधिकार प्रतिनिधित्व हुनेगरी बनाएको संविधान र व्यवस्थालाई प्रधानमन्त्री ओलीले अझैपनि मास्न खोजिरहेको आरोप लगाए। 

‘अदालतले पुर्नस्थापना गरेको संसदलाई प्रधानमन्त्री ओलीले फेलियर बनाउने रणनीतिमा लागेका छन्, तर यो संसदलाई नेपाली कांग्रेसले फेल हुन दिदैन, यो व्यवस्था मासियो भने नेपालको भविष्य र जनताको अधिकार रक्षाका लागि भएपनि नेपाली कांग्रेसले विकल्प दिनुपर्छ’. उनको भनाइ छ।

नेता पौडेलले प्रधानमन्त्रीका कारण देशमा अस्थिरता बढ्दै गएकाले अब देशको परिस्थीती र व्यवस्थालाई जोगाउन नेपाली काग्रेस तयार रहेको बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?