गौरादहमा प्रहरीको दादागिरी, बिनाकारण कुटिए व्यवसायी 

झापाको गौरादहमा ग्रिल व्यवसाय गर्ने रबिन गिरी र उत्तम श्रेष्ठलाई प्रहरीले निर्घात कुटपिट गरेको छ।

सर्वसाधारणको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै बिना कसुर व्यवसायी कुटिएका हुन्। पसलबाट काम सकेर घरतर्फ जाने क्रममा मरासन्न हुनेगरि प्रहरीले कुटपिट गरेको पीडित रबिन गिरिले बताएका छन्।

गौरादह १ चैतुचोकमा रहेको पसलबाट घर जाने क्रममा प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको बताईएको छ। मंगलबार अबेरसम्म काम गरेर घर जाने क्रममा प्रहरीले बिनाकारण  कुटपिट गरेको पिडितहरुको भनाई छ। उनीहरुले कुटपिट गर्ने प्रहरीले मादक पदार्थ सेवन गरेकोसमेत आरोप लगाएका छन्। 

प्रहरीले लाठी र बुटले प्रहार गर्दा गिरीको खुट्टा, घुडा र ढाडमा चोट लागेको छ। उनको तिघ्रामा स्पष्ट निलडाम बसेको छ। श्रेष्ठको भने बाहिरी चोट देखिएको छैन। तर, चोटको कारण शरीर दुखिरहेको उनले बताए। 

प्रकाशित मिति: : 2021-03-25 22:38:00

प्रतिकृया दिनुहोस्