कोरोना संक्रमण पुनः बढ्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड गर्न निषेध गरिएको छ।
तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न आदेश दिएको हो। साथै चैत १५ र १६ गतेको होली पर्वलाई भिडभाड नगरी घरमै मनाउन र सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्नपनि निर्देशन दिईएको छ।
बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो आग्रह गरेको हो।