पार्टी कार्यालय हेर्न ओली थापाथलीमा, यस्तो छ नयाँ भवन (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित पार्टीकाे नयाँ केन्द्रीय कार्यालय भवनको अवलोकन गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री ओलीले उक्त भवनको अवलोकन गरेका हुन्।

 

अवलोकनपछि प्रधानमन्त्री ओलीले सबै कुरा ठिक भएको बताएको कृषि तथा पशुपन्छि विकास मन्त्री  पद्यमा अर्यालले बताइन्।

थापाथली हाइटस्थित उक्त घर सञ्जय अग्रवालको हो। अग्रवालले आफ्नो घर पाँच वर्षको लागि भाडामा एमालेलाई दिन लागेको बताएका छन्।

घरधनी यसअघि नै कालिमाटीमा बास्दै आएका छन्।

यसअघि यो घरमा संयुक्त राष्ट्रसंघ युएन वूमनको कार्यलय रहेको थियो। कोरोनापछि यूएनले कार्यलय सारेपछि घर गोदामको रुपमा प्रयोग गर्दै आएका थिए।

प्रकाशित मिति: : 2021-03-24 14:41:00

प्रतिकृया दिनुहोस्