राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता, दुई देशबीचको पर्यटन सम्बन्धबारे छलफल 

Photo : RSS
Photo : RSS

बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच सोमबार राति दुईपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।

भेटवार्तापछि उनीहरु राष्ट्रपति हमिदले आयोजना गरेका सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजमा सहभागी बनेका थिए। भेटवार्तामा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान-प्रदान भएको थियो। 

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी थिईन्।

राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिईन्। रासस

प्रकाशित मिति: : 2021-03-23 06:52:00

प्रतिकृया दिनुहोस्