मुम्बईमा अनिवार्य काेराेना परीक्षण गर्नुपर्ने नियम लागु 

Photo - In.news.yahoo.com
Photo - In.news.yahoo.com

महाराष्ट्र सरकारले मुम्बई शहरका भिडभाडयुक्त क्षेत्रमा अनिवार्य काेराेना भाइरस परीक्षण गर्नु पर्ने नियम लागु गरेकाे छ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि अनिवार्य परीक्षण गर्नु पर्ने नियम लागु गरिएकाे हाे।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक मुम्बई कोरोना भाइरसको हटस्पट बनेको छ।

शनिबार एकै दिन त्यहाँ २९ सय ८२ जनामा संक्रमण पुष्टि  भएकाे थियाे।

स्थानीय सरकारले काेराेना संक्रमण फैलिन नदिन सपिङ्ग सेन्टर, रेलवे स्टेशनसहितका भिडभाड हुने स्थानमा तीव्र गतिमा परीक्षण गरिने जनाकारी दिएकाे छ।

परीक्षणका लागि अस्वीकार गर्नेलाई कारवाही गरिने पनि सरकारले चेतावनी दिएकाे छ।

भारतमा शनिबार एकै दिन ४३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परकाे थियाे। याेसँगै काेराेना संक्रमितकाे कुल संख्या एक करोड १५ लाख पुगेकाे छ।

भारतमा अहिलेसम्म कोराेनाबाट एक लाख ५९ हजार मानिसको ज्यान गएको छ।

उत्तर प्रदेशमा सक्रिय संक्रमित २७ सय बढी 

भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ। उत्तर प्रदेशमा सक्रिय संक्रमितको संख्या २७ सयभन्दा बढी पुगेको छ।

गएको २४ घण्टामा उत्तर प्रदेशमा ४४२ संक्रमित थपिएका छन्। यससँगै यहाँ कुल कोरोना संक्रमितको संख्या ६० लाख ७ हजारभन्दा बढी पुगेको छ।

यहाँ कोरोनामुक्त हुनेको दैनिक दर सय देखि डेढ सय छ।

प्रकाशित मिति: : 2021-03-21 13:52:00

प्रतिकृया दिनुहोस्