दमकको चिया बगान दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

झापाको दमक स्थित चियाबगानमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

शनिबार साँझ भएको दुर्घटनामा परि रतुवामाई नगरपालिका ८ इटहरा बस्ने बर्ष २४ का अनिस कोईराला र सोही ठाउँका २३ वर्षका निरन बस्नेतको मृत्यु भएको हो।

पूर्वबाट पश्चिम आउँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार कोईराला र बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिए। सोही मोटरसाईकलमा सवार ९ का १८ वर्षिय हर्षीत बास्तोला गम्भीर घाइते भएका छन्।

उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको छ।

त्यस्तै पूर्वबाट पश्चिम जाँदै गरेको अर्को को २८प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन्। उनीहरुको दमक स्थित निम्स अस्पतालमा उपचार भईरहेको छ।

प्रकाशित मिति: : 2021-03-21 08:23:00

प्रतिकृया दिनुहोस्