दमकको चिया बगानमा दुर्घटना, इटहराका अनिस कोईरालाको मृत्यु

झापाको दमक स्थित चियाबगानमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाईते भएका छन्। शुक्रबार साँझ ५ बजे भएको सो दुर्घटनामा परि रतुवामाई नगरपालिका ८ इटहरा बस्ने बर्ष २४ का अनिस कोईरालाको मृत्यु भएको हो।

पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नम्बर १–०२–०४४ प ८१३३ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ च १०८२ नम्बरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार कोईरालाको मृत्यु भएको हो।

उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले जानकारी दिए। सोही मोटरसाईकलमा सवार रतुवामाई नगरपालिका ८ का २३ बर्षका निरन बस्नेत र १८ बर्षका हर्षीत बास्तोला गंभीर घाईते भएका छन्।

उनीहरुको दमकमा उपचार हुन नसकेपछि थप उपचारका लागि बि एण्ड सी अस्पताल लगिएको छ। त्यस्तै पुर्वबाट पश्चिम जाँदै गरेको अर्को को २८प ११३३ नम्बरको मोटरसाइकल समेत ठोक्किदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षिय शिबलाल ढुंगाना घाईते भएका छन्। उनीहरुको दमक स्थित निम्स अस्पतालमा उपचार भईरहेको छ।

प्रकाशित मिति: : 2021-03-20 19:59:00

प्रतिकृया दिनुहोस्