वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा

वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ।
 
सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए। सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो।

मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो। विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ।

महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसमेत सफाइ शुरु गरिएको छ। यसैगरी देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ। हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2021-03-20 16:54:00

प्रतिकृया दिनुहोस्