१२ सय किलोमिटरको साइकल यात्रामा निस्केका देवेन्द्र बस्न्यात नेपालगञ्ज पुग्दै

‘पेडल फर एडुकेसन’ नाराका साथ साईकल यात्रामा निस्केका प्रख्यात साइक्लिष्ट एवं वातावरणविद देवेन्द्र बस्न्यात शुक्रबार साँझ बाँके पुगेका छन्। दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर यात्रामा निस्केका बस्न्यात शुक्रबार साँझ लालमटियाबाट अमेलिया हुदै बेलुकि ४ बजे तिर कुसुम पुगेका हुन्। 

फागुन २९ गते दोलखा बजारबाट एक्लै साइकल यात्रामा निस्केका बस्न्यातले धुलिखेल, काठमाडौं, मकवानपुर, चितवन, बुटवल, लालमटिया,लमहि, अमेलिया हुँदै सातौँ दिनसम्म करिब ७०० किमी दुरी पार गरिसकेका छन्। उनले औसतमा दिनको १०० किमीको दुरी पार गर्दै आएका छन्। 

'यात्रा साहसिक छ। चुनौती पनि। बाटोमा धेरैको साथ सहयोग पाएकोले थप उर्जा र जोश बढेको छ।', बस्न्यातले बिएल नेपाली सेवासँग भने। तराईको भु-भागमा घाम र हावाको कारणले साइकल कुदाउन असहज भएपनि सबैको हौसलाले उत्साह जागेको उनले बताए। 

'समूहमा साइकल कुदाउँदा अगाडी पछाडी गर्दै चलाउँदा थकानको महशुस कम हुन्छ। पूर्वदेखि पश्चिम दिशातर्फ यात्रा भएकोले दिउँसो चर्केको घाम टाउको माथी पर्ने र घाम पश्चिमतिर ढल्किदा आँखामै पर्ने हुँदा कुदाउँन केही असजिलो हुन्छ', उनले अनुभव सुनाए। 

हेल्प नेपाल नेटवर्कको आयोजनामा गरिएको साइकल यात्राको मुख्य उद्धेश्य दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृती पुस्तकालय भवन निर्माणका लागि सहयोग जुटाउनु रहेको छ। 

सोही क्रममा साइकलयात्री बस्न्यात दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर एकल साइकल यात्रा अभियानमा निस्केका हुन्। 

फाल्गुन २८ गते दोलाखाबाट सुरु भएको साइकल यात्रा चैत १२ गते दिपायालमा पुगेर टुंगिने बताईएको छ। यात्राको आठौँ दिन आज बिहान साइक्लिष्ट बस्न्यात कोहलपुर हुँदै नेपालगञ्जतर्फको यात्रामा निस्केका छन्। अहिले उनी अगैया पुगेको बताईएको छ। 


साइकलयात्री बस्न्यातलाई काठमाडौंमा भव्य स्वागत तथा बिदाइ (फोटो फिचर)

शिक्षाको लागी १२ सय किमी साइकल यात्रा गर्दै बस्न्यात

प्रकाशित मिति: : 2021-03-20 11:16:00

प्रतिकृया दिनुहोस्