कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

File photo
File photo

कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ।  

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, प्राक्टिल एक्सनको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा शुक्रबार प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न भएको हो।

बैठकमा मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रदेश विपद्सम्बन्धी बनेका ऐन, नियम, कार्यविधि, मापदण्ड र निर्देशिका सम्मिलित कार्यपत्र प्रस्तुत गरे। 

उनले कर्णालीका १० वटै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएको जानकारी दिए। “हामीले विपद्सम्बन्धी क्षमता विकास, पूर्वतयारी सामग्री, खोज तथा उद्धार कार्य गरेका छौँ”, उनले भने, “राहत सामग्रीको व्यवस्था, जनचेतनामूलक कार्यक्रम, समन्वय, सहकार्य र पुनःस्थापना पनि गरिएको छ।”

प्राक्टिकल एक्सनकाडा धरम उप्रेतीले पूर्वसूचना प्रणालीको विकास, त्यसको आवश्यकता, महत्व र विपद् जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुति राखे।

प्रकाशित मिति: : 2021-03-20 07:05:00

प्रतिकृया दिनुहोस्