इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले फुलहमलाई पराजित गरेको छ।
शुक्रबार राती भएको खेलमा लिड्सले फुलहमलाई २-१ को अन्तरले पराजित गरेको हो।
लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड र राफिन्हाले एक एक गोल गरेका थिए। उक्त जितसँगै लिड्सले ३९ अंक जोडेको छ।