श्रीलङ्कामा सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी

Drishti IAS
Drishti IAS

श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८९ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

श्रीलङ्कामा पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३०० रहेको मन्त्रालयले पुष्टि गर्दै अहिलेसम्म कूल ८९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको हो। 

श्रीलङ्कामा अहिलेसम्म कूल ८५ हजार ९४४ जना सङ्क्रमणमुक्त बनेका छन् भने दुई हजार ६९३ सक्रिय सङ्क्रमित रहेका बताइएको छ। 

यहाँ कोभिड–१९ सङ्क्रमित ५३८ व्यक्तिको मृत्यु भएको छ । श्रीलङ्कामा अहिलेसम्म आठ लाख व्यक्तिले खोप लिइसकेका छन्। 

प्रकाशित मिति: : 2021-03-19 21:24:00

प्रतिकृया दिनुहोस्