पोलका पोस्टर उप्काएर मेयर चिरीबाबुले सुरु गरे सुन्दर नगर अभियान

शनि शाक्य

काठमाडौं

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सुन्दर र सफा सहर अभियानको शुभारम्भ गरेका छन्।

महनगरका विभिन्न स्थानमा जथाभावी टाँसिएका पोस्टर तथा पम्प्लेटलाई हटाएर महर्जनले शुक्रबार अभियानको शुभारम्भ गरेका हुन्।

महानगरले सहरलाई सुन्दर र सफा बनाउने उद्देश्यका साथ उक्त अभियान सुरु गरिएको मेयर महर्जनले बताएका छन्।

अभियानको शुभारम्भ गर्दै मेयर महर्जनले भने–‘अब सहरमा जथाभावी पोस्टर तथा पम्प्लेट टाँस्न कसैले पनि पाउँने छैन।’ 

यसका साथै महानगरले सहरलाई सुन्दर बनाउनाका लागि थप योजनाहरु समेत सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति: : 2021-03-19 17:05:00

प्रतिकृया दिनुहोस्