मन शान्त राख्न मेडिटेसन !

Pinedovefarm.com
Pinedovefarm.com

मेडिटेसनलाई ध्यान गर्नु पनि भनिन्छ। यदी मेडिटेसनलाई आफ्नो दैनिकी बनाउने हो भने धेरै फाइदा लिन सकिन्छ।

रातिको समयमा खाना खानुभन्दा पहिला र बिहान सूर्योदय हुनुभन्दा पहिला ध्यान गर्नु पर्दछ। 

ध्यान गर्दा खुला कपडा लगाउनु पर्दछ। जसले गर्दा ध्यान गर्न सजिलो हुन्छ। मेडिटेसन गर्दा स्वास्थ्यमा यस्ता फाइदा हुन्छ।

१.शान्ति, सामर्थ्य, संतोष, शान्ति, विद्वत्ता र सबै आवश्यकतालाई ध्यानले पुरा गर्दछ।

२.मेडिटेसनले मन अशान्त रहदा निष्क्रिय भएका भागलाई उपयोगमा ल्याउने काम गर्दछ।

३.ध्यानले मानिसलाई दीर्घायू बनाउन सहयोग पुर्याउँछ।

४.मनको चन्चलतालाई यसले नियन्त्रण गर्दछ।

५.हृदयरोग रोकथामको लागि उत्तम औषधि ध्यान हो।

६.रिस उठिरहने मानिसलाई ध्यानले नै शान्त बनाउँछ।

७.मेडिटेसनले अनुभवको क्षमतालाई सूक्ष्म रुपले अध्ययन गर्न सहयोग गर्दछ।

८.यदि तपाईंसँग भुल्ने बानी छ भने ध्यान तपाईंको लागि निकै आवश्यक रहेको छ। यसले मानिसको स्मरण शक्तिमा विकास गर्दछ।

प्रकाशित मिति: : 2021-03-19 16:47:00

प्रतिकृया दिनुहोस्