दिवा खाजाले नियमित हुन थाले विद्यार्थी 

चितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन्।

सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो। यसअघि नर्सरीलाई मात्रै नगरपालिकाले खाजाको व्यवस्था गर्दै आएको थियो।

दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताईन्। दिवा खाजामा महिनाको एक दिन सो विद्यालयमा मासु पुलाउको समेत व्यवस्था गरिएको छ।

त्यसबाहेक तरकारी भुजा, चिउरा, खिर, हलुवा, जाउलो तालिका बनाएर दिइने गरिएको प्रधानाध्यापक आचार्यले जानकारी दिईन्। मासु पुलाउ तालिकामा नभए पनि महिनाको एक दिन दिइएको छ। विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्ममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। कूल विद्यार्थी ६५७ छन्। रासस

प्रकाशित मिति: : 2021-03-19 08:54:00

प्रतिकृया दिनुहोस्