नगरपालिकाले बनायो खुला व्यायामशाला

File photo
File photo

कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ।

बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ। ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई-३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको हो।

व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन। कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए। 

सो निर्माणमा नगरपालिकाको ४५ लाख र प्रदेश नं १ को सरकारको १२ लाख गरी कूल रु ५७ लाख खर्च भएको छ। 

प्रकाशित मिति: : 2021-03-17 06:44:00

प्रतिकृया दिनुहोस्