जान्नुहोस्, दही खानुका फाइदाबारे !

Zee News
Zee News

मानिस गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदान गर्ने खाने कुराहरु धेरै खान रुचाउने गर्दछन्।

यस्तो अवस्थामा दही खान कसलाई पो मन नलाग्ला र? गर्मीमा चिसो दही खाँदै शितलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ।

दही धेरैको भान्सामा पाइने खाने कुरा मध्ये एक हो। दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ।

यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाईदा पुर्‍याइरहेको हुन्छ। यस्ता छन्, दही खानुका का फाइदा।

निद्रा नलाग्ने समस्या भएकाले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केहीहदसम्म सहयोग पुर्‍याउने गर्दछ। दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउने गर्दछ।

दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्बन्धि रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ।

दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ ।

भोक कम लाग्ने समस्या भएका व्यक्तिले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ।

दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ। दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्ने गर्दछ।

दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, ता नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ।

प्रकाशित मिति: : 2021-03-15 17:18:00

प्रतिकृया दिनुहोस्