साइकलयात्री बस्न्यातलाई काठमाडौंमा भव्य स्वागत तथा बिदाइ (फोटो फिचर)

‘पेडल फर एजुकेशन’ नारासहित दोलाखाबाट सुरु गरेको साइकल यात्री देवेन्द्र बस्न्यात तेस्रो दिन काठमाडौंबाट यात्राको शुभारम्भ गरेका छन्। 

सोमवार बिहान ८.०० बजे नारायणचौर, नक्सालमा हेल्प नेपाल नेटवर्कले राखेका विदाइ कार्यक्रम राखेका थिए। 

काठमाण्डौबाट हेटौडाको लागि तेस्रो दिन उनी प्रस्थान गरेका छन्। दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्ने उद्देश्यका साथ अभियान गरिएको आयोजक हेल्प नेपाल नेट्वार्कले जानकारी गराएको छ।

दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यका साथ साइकल यात्रा गरिएको हो। 

तेस्रो दिनको शुभारम्भ कार्यक्रममा सांसद् गगन थापा, पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकर कोइराला , चर्चित कलाकारद्वय मदन कृष्ण र हरिवंश आचार्य , पाइलट तथा समाजसेवी विजय लामा लगायत विशिष्ट व्यक्तिहरु उनलाई हौसला गर्न नक्साल पुगेका थिए । उनीहरुले यात्राको शुभकामना सहित नगद सहयोग गरेका थिए। 

साइकल यात्री बस्न्यातलाई फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशी तथा संस्थाका सल्लाहकार एवम् पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकर कोइराला, विजय राजभण्डारीले बस्न्यातलाई विदाई गरेका थिए।

हेल्प नेपाल नेटवर्कले निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भइरहेको छ। अनुमानित लागत ६ करोड रुपियाँ रहेकामा हालसम्म ३ करोड ७० लाख रुपैयाँ खर्च भएको अध्यक्ष बस्न्यातले जानकारी गराएका छन्। 

नेपालको दुर्गम र ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका लागि हेल्प नेपाल नेटवर्कले सामाजिक क्षेत्रमा काम गरिहेको छ। हेल्प नेपाल नेटवर्क’ विगत २ दशकदेखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा र विपदका बेला आपत्कालीन सहयोग गरिरहेका छन्। 

अभियानबाट संकलन हुने रकम विद्यालय भवन र ‘भक्त बीबी फर ह्युमेनिटी’को संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने आयोजकले जानकारी गराएका छन्। 

दुई दशकअघि ‘एक महिना एक डलर’ सहयोग अभियानबाट सुरु भएको नेटवर्कले अहिलेसम्म ५० भन्दा बढी विद्यालय भवन बनाइसकेको छ भने, त्यतिकै संख्यामा पुस्ताकालय र इ–लाइब्रेरीहरु पनि संचालनमा ल्याएको अध्यक्ष अरुणसिं बस्न्यातले जानकारी गराउदै साइकलयात्री बस्न्यातलाइ यात्राको शुभकामना समेत दिएका थिए। 

साइकलयात्री देवेन्द्र बस्न्यातले एक दशकभन्दा लामो साइकल यात्राका क्रममा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन्। 

उनले यो अभियानका सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहेका बस्न्यात विश्व साइकलयात्री पुष्कर शाहसँग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रर्द्धनलगायतका काम गर्दै आएका छन्। 

शिक्षाका लागि साइकल यात्रा गरी आर्थिक सहायता संकलन गर्ने कार्य नेपालमा पहिलो भएको भएको र दुई दिन यात्रा अत्यन्तै सफल रहेको बताए।

बस्न्यातले भने, ‘आफूले यसलाई एउटा सुनौलो अवसरका रुपमा लिएको छु। यस्ता अभियानहरु विदेशमा धेरै हुने गरे पनि नेपालमा भने पहिलोपटक हुन लागेको र म त्यसको साझेदार बन्न पाएकोमा खुशी लागेको छ।’ 

उनले श्वर्ण जयन्तीको अवसरमा सामाजिक उद्देश्यका लागि साइकलिङको माध्यमबाट मनाउने पनि बताए। दोलखाबाट काठमाडौं आइपुगेपछि काठमाडौंको नक्साल नारायणचौरमा 'शुभयात्रा बिदाई' समारोहको आयोजना गरी चैत्र १३ गते अभियान समापन हुनेछ। 

साइकलयात्री बस्न्यात दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर एकल साइकल यात्रा अभियानमा निस्केका हुन। बस्न्यातले दोलखा, धुलिखेल, काठमाडौं, हेटौंडा, चितवन, बुटवल, लाल्मटिया, कोहलपुर, चिसापानी, धनगढी, डडेल्धुरा र दिपायल हुँदै १२ सय किलोमिटर लामो दूरीको यात्रा तय गर्नेछन्। दोलाखाबाट २८ फाल्गुनमा सुरु भएको साइकल यात्रा १२ चैतमा दिपायाल गएर टुंगिने छ। 

बस्न्यातले अभियानमा एक किलोमिटर एक रुपैयाँ सहयोग गर्न पनि हरेक नागरिकलाई अह्वान गरेका छन्। सहयोग गर्न चाहने व्यक्ति, समूह तथा संस्थाले मोबाइल एप ‘खल्ती’को बजार ट्याबमा गएर ‘पेडल फर एजुकेशन’ क्लिक गरेर रकम सहयोग गर्न सकिने जानकारी दिएका छन्।

त्यसैगरी हेल्प नेपाल नेटवर्कको नाममा रहेको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा पनि सहयोग रकम जम्मा गर्न सकिने जानकारी दिए।

 

शिक्षाको लागी १२ सय किमी साइकल यात्रा गर्दै बस्न्यात

 

प्रकाशित मिति: : 2021-03-15 16:38:00

प्रतिकृया दिनुहोस्