कोभिड बढेपछि क्यानडामा अमेजनको कारोबार बन्द

क्यानडामा कोभिड बढेपछि अनलाइन ब्यापार कम्पनी अमेजनको कारोबार बन्द गरिएको छ। 

क्यानडाको जन स्वास्थ प्राधिकरणले कोभिड बढेको भन्दै २७ मार्च सम्म अमेजनको कारोबार बन्द गर्न निर्देशन दिएको हो। 

ब्रैम्पटन शहरको ८५०० हेरिटेज रोडको कार्यालय मा काम गरिरहेका कर्मचारी हरुलाई कोरोना संक्रमण देखिए पछि ओन्टारियो हेल्थ प्रोटेक्शन एंड प्रमोशन एक्ट अनुसार यो कदम चालिएको हो।

अमेजन ले एक बिज्ञप्ति जारि गर्दै सरकार को यो कदम ले कम्पनीलाइ ठुलो घाटा भएको जनाएको छ। 

सरकारले अनुमति दिएपछि सेवा संचालन गर्ने बताइएको छ। 

प्रकाशित मिति: : 2021-03-14 20:43:00

प्रतिकृया दिनुहोस्