जब महारानी एलिजाबेथले मेगनको घाँटीमा खुट्टाले थिचेको 'कार्टुन' बन्यो

Breaknlinks
Breaknlinks

फ्रान्सबाट प्रकाशित हुने व्यंग्यप्रधान पत्रिका 'चार्ली हेब्दो'ले आफ्नो नयाँ अंकमा ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयालाई निशाना बनाएको छ।

पत्रिकाको नयाँ अंकमा प्रकाशित 'कार्टुन'मा अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस घटेको जर्ज फ़्लायडको घट्ना जस्तै राजकुमार ह्यारी पत्नी मेगन मार्कललाई महारानीले आफ्नो खुट्टाले घाँटीमा थिचेको देखाइएको छ।

कार्टुन प्रकाशित भएपछि ब्रिटेनमा विरोधको स्वर गुन्जिन थालेको छ। महारानीको अपमान गरेको भन्दै ब्रिटेनका जनताले पत्रिकाको विरोध गरेका छन्।

During the interview (pictured), the royal couple claimed they experienced open racism from family members and staff in the royal family

केही दिनअघि मर्केलले एउटा टेलिभिजन कार्यक्रममा बोल्दै आफ्नो छोराको रुप कालो भएकोले उसलाई राजा बन्न पाउने अधिकारबाट विमुख गरेको आरोप लगाएकी थिइन्।

उनको उक्त बयानमा ब्रिटेनका जनताले राजकुमार पत्नी मेगन मार्कलले झुट बोलेको र राजपरिवारबाट तल्लो स्तरको क्रियाकलाप नहुने जिकिर गरिरहेका छन्।

ब्रिटेनका अन्य पत्रकारहरुले 'चार्ली हेब्दो' पत्रिकाले आर्थिक लाभको लागि महारानी एलिजाबेथ द्वितीयाको स्वाभिमानलाई दुरुपयोग गरेको बताएका छन्। 

जोर्ज फ्लोयडको मृत्यु नश्लीय विभेदले निम्त्याएको हो। उक्त घटनासँग महारानी एलिजाबेथ जोडिएको 'कार्टुन' मिल्दोजुल्दो छ।

Chauvin is seen kneeling on the neck of George Floyd, a 46-year-old black man, for nearly nine minutes in Minneapolis on May 25. Shortly afterward, Floyd was pronounced dead at the scene

प्रकाशित मिति: : 2021-03-14 15:10:00

प्रतिकृया दिनुहोस्