म्यान्मार सैन्य 'कू'विरूद्ध उत्रेका सयौं आन्दोलनकारी रंगुनमा गिरफ्तार

Photo: Reuters
Photo: Reuters

म्यान्मारको आर्थिक राजधानी रंगुनको उत्तरी टाउनशिपमा 'सैन्य शासन'विरूद्धको पदयात्रामा बुधबार झण्डै ३ सय प्रदर्शनकारी पक्राउ परेका छन्।

म्यान्मार जुन्ता सरकारले देशभर जनआन्दोलनलाई दबाउने काम जारी राखेपनि म्यान्माली जनता दिनहुँ सडकमै छन्। टाउनशिपको पार्क नजिकै आन्दोलनकारीको भीड बढेपछि सुरक्षाकर्मीले प्रदर्शनमा उत्रेका ३ सयभन्दा बढी नागरिकलाई नियन्त्रणमा लिएको छ। 

प्रहरीको गोलीबाट घाइते भएका तीन प्रदर्शनकारीको रंगुनको एक अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनका क्रममा थ्रुपै मानिस घाइते भएका छन्। स्वतन्त्र नागरिकले सैन्य तानाशाहीको भत्र्सना गर्दै सडक प्रदर्शन महिना दिन बढी भैसक्यो। प्रजातान्त्रिक तवरले चुनिएका नेताहरूलाई रिहाइको माग गरेका जनतालाई सेनाले दिनदिनै गोली हानिरहेको छ।

प्रदर्शनकारीले निषेधाज्ञ अवज्ञा गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले प्रजातन्त्रवादी समर्थकहरू नेत्री आङ सान सु कीसहितका नेताहरूको रिहाई माग गरिरहेका छन्। जुन्ता सरकारको सडक प्रतिबन्धलाई बर्मेली जनताले अस्वीकार गरेका हुन्। उनीहरूले सैन्य नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन्।

म्यान्मारमा सैन्य सरकारले इन्टरनेट सेवा पटक–पटक रोक्ने प्रयास गरिरहेको छ। युवापुस्ताले फेसबुक, ट्टवीटरको माध्यमबाट सेना विरोधी अभियानसमेत जारी राखेका छन्।

प्रकाशित मिति: : 2021-03-11 10:10:00

प्रतिकृया दिनुहोस्