ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ भर्नेको संख्या १५ लाख भन्दा बढि 

ज्योति लाइफ इन्स्योरेन्सले खुलाएको आइपिओमा आवेदन दिनेको संख्या १५ लाख ७० हजार ४१४ पुगेको छ। 

मंगलबार साँझ ५ बजेसम्म कुल ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन आएको बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

आइपिओ गत शुक्रबारदेखि खुल्ला गरिएको थियो। ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडिदैछ। 

आइपिओ भरेकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले पाउने छन्।

प्रकाशित मिति: : 2021-03-10 08:25:00

प्रतिकृया दिनुहोस्