अष्ट्रेलियाको तस्मानिया क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायको सक्रियतामा तस्मानिया स्पोर्ट्स एसोसिएसन (नाट्सा) गठन भएको छ।
तस्मानियामा नेपालीहरुको बसोबास बाक्लिएसँगै प्रशेष पौड्याल, रविन भट्टराई, सुरज श्रेष्ठलगायतका युवाहरुको सक्रियतामा खेलकुद संघ गठन भएको हो।
संघको अध्यक्षमा प्रशेष नियुक्त भएका छन्। उपाध्यक्षमा रविन तथा कोषाध्यक्षमा भोला श्रेष्ठ नियुक्त भएका हुन्। यस्तै सचिवमा सुरज श्रेष्ठ र सह(सचिवमा दीपिन बिम्ब नियुक्त भएका छन्।
संस्थाको पब्लिक अफिसरमा विष्णु सापकोटा, सल्लाहकारमा देव बास्कोटा र सम्पादकमा राजेश कुँवर चयन भएका छन्।
संस्था स्थापना गर्नुपर्ने आवश्यकताको विषयमा जानकारी दिँदै नवगठित कार्यसमितिका अध्यक्ष प्रशेषले भने–‘यस क्षेत्रमा बसोवास गर्ने खेलप्रेमी नेपाली तथा खेलाडीका लागि नयाँ नयाँ अवसर सिर्जना गर्दै नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउँदै जाने हेतुले संस्था स्थापना गरिएको हो।’
नेपाली समुदायलाई एकजुट गर्ने अभिप्रायसले तस्मानियामा पछिल्लो समय विभिन्न संघसंस्था स्थापना भएको छ।