शनिबार, १२ जुलाई २०२५

चितवनमा औद्योगिक राहत कोष स्थापना

बिएल संवाददाता

बिएल संवाददाता

चितवन
2021-03-08 16:43:00
Symbolic photo
• • •

उद्योग सङ्घ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ। 

उद्योगमा विपत आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको सङ्घका अध्यक्ष राजु पौडेलले जानकारी दिए।

आफूले एक लाख राखेर कोषको शुभारम्भ गरेको बताउदैँ उनले भने, ‘कोषमा रकम जम्मा गरेअनुसार विपत पर्दा छ महीनासम्म बिनाव्याज सहयोग गरिनेछ।’

कोषमा जम्मा गरेको रकमको १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग छ महीनाका लागि गरिने बताइएको छ। यस्तो सहयोग अधिकतम  ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले बताए।

भूकम्प, आगलागी, बाढीपहिरो जस्ता विपतले उद्योग पूर्णरुपमा क्षति भई पुनःसञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ। 

विपत पर्दा तत्काल उद्योग सञ्चालन गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलको भनाइ छ। नेपालमा पहिलोपटक सो अभियान शुरु गर्न लागेको उनले बताए।

अभियानलाई स्थानीय पालिकाले सहयोग गरेर हालसम्म कोषमा २० लाख जम्मा भइसकेको छ। 

कालिका र खैरहनी नगरपालिकाले रु पाँच÷पाँच लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकाहरुमा सम्झौताको चरणमा रहेको छ। 

जिल्लाका २०० उद्योग यस अभियानमा तत्काल जोडिने अपेक्षा गरिएको सङ्घका उपाध्यक्ष योगराज ओस्तीले बताए।

बीमाबाट र थप ऋण पाइनसकेका अवस्थामा तत्काल उद्योग सञ्चालन गर्न कोष प्रभावकारी हुने बताउदैँ उनले भने, ‘उद्योगी र पालिका सकारात्मक रहनाले कोष प्रभावकारी बन्नेछ।’

कोषबाट सहयोग लिने उद्योगले अनिवार्यरुपमा कोषमा रकम जम्मा गरेको हुनुपर्ने छ। यस्तो सहयोग रकम बीमाबाट पाएपछि पुनःकोषमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?