शनिबार, १२ जुलाई २०२५

सानिमा हाईड्रोपावरको सुरुङमा पुरिएका २ मजदुरको शव निकालियो

बिएल संवाददाता

बिएल संवाददाता

ताप्लेजुङ्ग
2021-03-07 19:11:00
File Photo
• • •

सशस्त्र प्रहरी बलले ताप्लेजुङ्ग स्थित मिक्वाखोला गाउँपालिका -२ स्थित थुम्वामा निर्माणधिन सानिमा हाईड्रोपावरको सुरुङ भित्र पुरिएका २ जनाको शव निकालेको छ।  

माटोको ढिस्कोमा पुरिएका भोजपुरका सन्तोष बानियाँ र उदयपुरका अम्मर विश्वकर्माको शव निकालिएको हो। 

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश ढुङ्गेसाँघुबाट खटिएको एपीएफको टोलीले पुरिएका शव निकालेको हो। घटनाका बारेमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?