खाना खादाँ कति पानी पिउने ?

Saptahik.com
Saptahik.com

हामीलाई थाहा छ, धेरैजसो मानिसको खाना खाँदा निकै पानी पिउने बानी हुन्छ। पानीले शरीरलाई हाइड्रेटेड राख्न र पाचन प्रणालीलाई सक्रिय राख्न मद्दत गर्छ।

कतिपय मानिस खानाको बीचमा पनि पानी पिउने गर्छन् भने र केहीले खाना खानेबित्तिकै पानी पिउने गर्छन्।

खाना खाँदा वा खाना खाइसक्दाबित्तिकै पानी पिउनु हुँदैन भन्ने मान्यता छ। खाना खानु आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि पानी पिउँदा खाएको खाना पचाउन र स्वास्थ्यका लागि पनि लाभदायक हुने बताइन्छ। 

खाना खानु आधा घण्टाअघि एक गिलास पानी पिउनाले खानाका लागि बस्दा कम क्यालोरीको सेवन गर्ने मान्यता छ। तर, आयुर्वेद अनुसार खाना खानुभन्दा पहिले पानी पिउनाले शरीर कमजोर हुन सक्छ।

त्यस्तै, खाना खाएपछि पानी पिउनाले यसले हामीलाई तृप्ति महसुस गराउँछ र खाना समाप्त गर्ने भावना दिन्छ। तर, आयुर्वेद अनुसार खाना खाएपछि तत्काल पानी पिउनाले मोटोपनाको समस्या निम्तिन सक्छ। 

खाना खाँदा पानी पिएमा ¥यालको मात्रामा कमी आउने, पाचन प्रणालीलाई प्रभाव पार्ने, पेटको समस्या निम्त्याउने बताइन्छ।

तर, आयुर्वेदअनुसार खाना खाँदा अलि–अलि पानी पिउनु सबैभन्दा उत्तम हुन्छ। खानाको बीचमा पानी पिउनाले खानालाई टुक्र्याउन मद्दत गर्छ, जसले पाचनलाई छिटो बनाउने काम गर्छ।

राम्रो मेटाबोलिजम र पाचनका लागि जहिले पनि मनतातो पानी पिउन सिफारिस गरिन्छ। पानीमा सुक्खा अदुवा पाउडर, सौंफ राखेर खाना खाँदा पानी पिउनु फाइदाजनक हुनसक्छ। त्यसैकारण त्यसरी पानी पिउनु उत्तम रहन्छ। 

प्रकाशित मिति: : 2021-03-07 17:58:00

प्रतिकृया दिनुहोस्