सत्तारुढ नेकपाकाे प्रचण्ड समूहले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ।
सरकारले जारी गरेकाे अध्यादेश पेश गर्ने कुराप्रति असहमति जनाउँदै पुन:स्थापित प्रतिनिधिसभाकाे बैठक बहिस्कार गरेकाे हाे ।
सत्तापक्षकै आसनको अग्रभागमा बसेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहित प्रचण्ड समूहले बैठक बहिस्कार गरेर बाहिरिएका हुन्।
सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा रहेको अध्यादेशसम्बन्धी निर्णयलाई अगाडि बढाएपछि सांसद भीम रावलले आपत्ति जनाएका थिए।
सत्तापक्षबाटै संसद बहिष्कार हुनु संसदीय व्यवस्थाकाे दूर्लभ दृश्य हाे।
सांसद रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए।