शनिबार, १२ जुलाई २०२५

तनहुँमा करेन्ट लागेर किशोरको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

तनहुँ 
2021-03-03 20:11:00
News Image
Symbolic photo
• • •

भानु नगरपालिका–१ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङ रहेका छन्। उनको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। 

करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इञ्जार्च प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। 

'करेन्ट लागेर तामाङ मृतावस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए' उनले भने। मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?