अब यात्रा गर्दा भ्याक्सिन पासपोर्ट चाहिएला

नागरिक दैनिक

काठमाडाैं

कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला ? खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने विधि र हेर्ने दृष्टिकोण के होला ? खोपलाई स्वेच्छाको विषय मात्र बनाउँदा यसले महामारी नियन्त्रणलाई के प्रभाव पार्ला भन्नेमा नेपालमा मात्र होइन, विश्वभरि चासो छ।

नेपालमा खोप लगाइसकेपछि खोप सर्टिफिकेट दिने भनिएको छ तर अन्यत्र जस्तो खोप लगाएका व्यक्तिको जानकारीसहितको मोबाइल एपको विकास गरिएको छैन। नेपालमा पहिलो चरणअन्तर्गत ४ लाख ३० जनाले खोप लगाएका छन्।

प्रकाशित मिति: : 2021-03-01 08:20:00

प्रतिकृया दिनुहोस्