बञ्चरेडाँडा ल्यान्डफिल साइटमा १२ करोड स्वाहा, तर अझै तयार भएन

थाहा खबर

काठमाडाैं

जब बर्खा लाग्छ - काठमाडौं उपत्यकाको सडक किनारामा फोहोरको पहाड नै लाग्छ। यसको प्रमुख कारण हो : हिउँदमा झैं बर्खामा फोहोर संकलन र व्यवस्थापन गर्न नसक्नु।  

फोहोरको दुर्गन्धका स्वास लिन नै गाह्रो हुन्छ। नुवाकोट साविकको ओखरपौवा हालको ककनी गाउँपालिका-२ स्थित सिसडाेलमै विगत १५ वर्षदेखि काठमाडौं, ललितपुर लगायत ठाउँको फोहोर व्यवस्थापन हुँदै आएको छ।

तर, फोहोर बोकेका गाडी बर्खायाममा त्यस ठाउँमा पुग्न सक्दैनन्। त्यसको असर सीधै काठमाडौं उपत्यकामा पर्छ। फोहोर सडकमै थुप्रन्छ, जसकारण शहर नै कुरुप हुने गर्छ।

प्रकाशित मिति: : 2021-03-01 07:33:00

प्रतिकृया दिनुहोस्