कुशल कामदारलाई ग्रीनकार्ड दिन अमेरिका इच्छुक

बिएल संवाददाता

न्यूयाेर्क
File Photo
File Photo

अमेरिकी राष्ट्रपति जो वाइडेनले अत्यधिक कुशल कामदारहरुलाई अमेरिकामा स्थायी बसोबास गर्न दिने आफ्नो नीति भएको बताएका छन्।

राष्ट्रपतिव वाइडेनका प्रवक्ता जेन साकीले अमेरिकाको अध्यागमन प्रणालीलाइ आधुनिक र छिटो छरितो बनाउन ठोस कदम उठाउन जरुरी भएको बताउदै प्रवक्ता साकी ले भने, "उच्च कुशल कामदार देश मै रहन सकुन र रहने प्रक्रिया गर्न सकुन्।"

कानुनी रुपमा देशमा रहेका तर स्थायी आबासीय अनुमति पत्र (ग्रीनकार्ड)को लागि प्रतीक्षा गरिरहेका कामदारको हकमा वाइडेन प्रशासनले रिपब्लिकन पार्टीका सदस्यसँग मिलेर काम गरिरहेको प्रवक्ता साकीले बताएका छन्।

सिनेटर बब मेण्डेज र प्रतिनिधिसभा सदस्य लिन्डा सान्चेजद्वारा पेश गरेको बिधेयक (बिल)मा प्रत्येक देशको लागि तोकिएको ग्रीन कार्डको सिमालाइ हटाउने प्रयास गरिएको छ। यसैबीच विदेश विभागका प्रवक्ता नेड प्राइसले ग्रीनकार्ड र कामदार भिसा (एच वान बि) जारी गर्न पुर्ब राष्ट्रपति डोनाल्ड ट्र्म्प प्रशसनले लगाएको प्रतिबन्धलाइ हटाउने वइडेन प्रशासनले गरेको निर्णयलाइ विभागले अनुसरण गर्ने छ।

राष्ट्रपति वाइडेनले ग्रीन कार्ड र कामदार भिसा जारी गर्ने सम्बन्धमा पुर्ब राष्ट्रपति ट्र्म्पले लगाएको प्रतिबन्ध समाप्त गर्ने घोषणा गरेका थिए। उनले यो प्रक्रिया अमेरिकी नागरिकहरुको हितमा थियो भन्ने कुरालाइ पनि खारेज गरेका छन्।

प्रकाशित मिति: : 2021-02-27 21:30:00

प्रतिकृया दिनुहोस्