प्रेम नेउपानेका पाँच मुक्तक

प्रेम नेउपाने

[रुम्तेक] सिक्किम

१ -

नयाँ साल भन्छन् सबै आगो बालेर 
निर्दयीसंग खसी कुखुरा अनि रागो ढालेर
अर्कैको परम्परा अपनाएर हामी सकियौं अब
व्यर्थैमामा नबल्ने पानीमा धागो हालेर।

२ -

आफ्नै भन्नेहरुले खुट्टा ताने पछि 
थाहै न पाई पछिबाट छुरा हाने पछि 
बाँच्न कहाँ सकिन्छ र सोझो बनेर यहाँ हजुर 
हामी अनपढलाई सदैव असभ्य माने पछि।

३ -

यसपाली त गर्नु गर्यो
फेरी पानी झरी पर्यो 
हुने खाने त ठिकै छ हिटर बालीहाल्छन्
लुते लाङरे नहुने जाड़ै भएर मर्यो।

४ -

म हाँसी रहँदा उसलाई पोल्दो रहेछ
मलाई रुवाउन घरी घरी विष घोल्दो रहेछ
सोझो म उसलाई इमानदार सोच्थें 
उ भने चुपचाप शकुनि झैं बोल्दो रहेछ। 

५ -

हिजोआज सबै मान्छे कालो माकुरा झैं लाग्छ 
सानो लक्ष्य हासिल गर्न अफ्ठ्यारो टाकुरा झैं लाग्छ 
खुट्टा तान्ने र कच्चेटमा हान्ने यत्र तत्र सर्वत्र छन्
आफ्नो रहर फुल्नै नपाई ओइली जाने ऑकुरा झैं लाग्छ।

प्रकाशित मिति: : 2021-02-27 07:17:00

प्रतिकृया दिनुहोस्