पेरिसमा कर्म पुस्तक प्रकाशित

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठको उपलक्ष्यमा प्रकाशित स्मारिकाको नेपालका फ्रान्सेली राजदुत फ्रन्स्वा जाभिए लेजे तथा पेरिसका महामहिम नेपाली राजदूत दीपक अधिकारीका हातबाट शुक्रबार बिहान सँयुक्त विमोचन भएको छ। 

नेपाली साहित्यिक मन्च पेरिसद्वारा प्रकाशित उक्त कर्म नामको पुस्तकको विमोचन कार्यक्रम भर्चुअल माध्यम जुममा गरिएको थियो।
 
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका फ्रान्सेली राजदूत जाभिए लेजेले कोभिड १९ ले सृजना गरेको विषयम परिस्थितिमा पनि यो स्मारिका प्रकाशित गरिएको गर्व गर्दै स्मारिकाले नेपाल र फ्रान्स बिचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ पार्ने विश्वास व्यक्त गरेका थिए। 

नेपाल र फ्रान्सको सम्बन्ध दुई देशका नागरिकहरुको आत्मिय विश्वासमा अडेको उल्लेख गर्दै उनले भने, 'नेपाल र फ्रान्स दुवैले पर्यटनका क्षेत्रमा विविध विकासमा विविधधिकरणको खाँचो छ।'

यसैगरी पेरिसका नेपाली राजदूत दीपक अधिकारीले नेपाल र फ्रान्सको कुटनीतिक सम्बन्धको बिकास २० अप्रिल १९४९ मा भएको स्मरण गर्दै दुवै मुलककाबिच विगतमा एतिहासिक भ्रमणहरु भएको भन्दै हिमाली सस्कृति र जीवन पद्दती उस्तै खालका देखिने गरेको उनले बताए। 'दुई  देशबिचको सम्बन्ध प्रगाढ बनाउन आपसी सहयोग समाझदारी र समानातालाई ध्यान दिनुपर्छ।' 

कार्यक्रममा नेपाल फ्रान्स आमिते ग्रुपका पुराना सभापति रोबर्ट ल फलले पनौतीमा रहेको एक मन्दिर पुन निर्माण तथा एक टक्निकल स्कूलमा फ्रान्सेली सहयोगको चर्चा गर्दै आँफू बृद्द भएपनि नेपाल र नेपालीको सझना कहिल्यै मनबाट भाग्न नसकेको बताए। 'मैले मेरो शहरमा नेपालको सँझना जीवन्त राख्न दुई गल्लीका नामहरु गोर्खा र पनौती राखेको छु' उनले भने। 

यसैगरि कार्यक्रममा नेपाल बारे गहन अध्ययन गर्ने खोजकर्ता जेरार्ड तोफाँले नेपाल प्राकृतिक दृश्यमा मात्र नभै भाषा र सँस्कृतिमा बहुत धनी रहेको बताए।

यसैगरी महाकवी लक्ष्मी प्रसाद देवकोटाको बारेमा विद्यावारिधि गर्नुभएका फ्रान्सेली बिद्वान रेमी बोर्दोले महाकवि देवकोटाका केहि चुनिएका गीतहरुको फ्रान्सेली भाषामा अनुवाद गरिसकेको र आउने हप्ता यिनै गितहरुको सँगालो ल सँतर अम्बुलन्त भन्ने पुस्तक प्रकाशन गर्न गइरहेको बताए। 

कार्यक्रममा नेपालका तर्फबाट फ्रान्सका पुराना राजदूतहरु मोहन कृष्ण श्रेष्ठ तथा अम्बिका माननधर लुइँटेल अवैतानिक राजदूत डिडिए बेनार्ड द्वन्द कालमा नेपाललाई कर्मथलो बनाएकी आमन्दिन लामाले पनि बोलेका थिए। 

पुस्तकमा बिधिन्न बिधामा पोख्त फ्रान्सेली तथा नेपालीहरुगरी कुल ४९ वटा लेख तथा रचनाहरु छापिएका छन्। जसमा सगरमाथा आरोहण गर्ने फ्रान्सेली बयोबृद्द नागरिक पियर माजो पुराना फ्रान्सेली राजदुत मिशेल लुमो नेपालको बारेमा गहन अध्ययन गरिरहेका फ्रान्सेली बिद्दवान जेरार्ड तोफाँ अवैतानिक राजदूत दिदिए बेनार्ड विद्दवान जुलियँ भासोका फ्रान्सेली भाषाका लेखहरु समेटिएका छन्। यि लेखहरु फ्रान्सेली अँग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन्।

यसैगरी पुस्तकमा फ्रान्सको तल्लो सदनमा रहेको फ्रान्स नेपाल मैत्री समूहकी अध्यक्ष भेरोनिक रियोर्तोँ र नेपाल फ्रान्स इन्टरपार्लियामेन्टरी ग्रुपका अध्यक्ष माधव कुमार नेपालले पनि आ आफ्ना शुभकामनाहरु भेटिन्छ। 

कला र साहित्यको कुनै भुगोल नहुने भन्दै अध्यक्ष माधव कुमार नेपालले फ्रान्समा नेपाल चिनाउने नेपालीहरु प्रति खुसी व्यक्त गरेका छन् भने भेरोनिक रियोतोँले नेपालका प्रधानमन्त्रीको २०१९ को जुन महिनामा भएको फ्रान्सको भ्रमणको सँझना गरेका छन्।

फान्सको ओत साभ्वामा रहेको स्कि स्कूलमा पथ प्रदर्शको रुपमा नेपाली तलिम लिन आउने गरेको र उनीहरुले राम्रो नतिज दिइरहेको बताएका छन्। 

पुस्तकमा नेपालमा र फ्रान्समा काम गरिसकेका बिभिन्न राजदूत तथा उपयोगी ठेगनाहरु पनि दिइएको छ। भानु न्यौपाने द्वारा सन्चालित उक्त कार्यक्रममा मन्चका सदस्य सुधिर रानाले पुस्तकका बारेमा  राजेश खतिवडाले फ्रान्सेली महाकवी भिक्टर ह्युगोका बारेमा र अनुराधा पौडेलले महाकवी लक्ष्मी प्रसाद देवकोटाको बारेमा बोलेका थिए। 

कार्यक्रमममा धन्यवाद ज्ञापन गर्दै सँस्थाका सँयोजक हरिहर अर्यालले पुस्तक प्रकाशनको काम सँयुक्त रुपमा गरिएको र सबै बाट पुस्तक पढेर समिक्षात्मक टिप्पणीहरु दिन अनुरोध गरेका थिए। 
 

प्रकाशित मिति: : 2021-02-26 22:26:00

प्रतिकृया दिनुहोस्