राजापक्षेको आतिथ्यबाट इमरान खान खुशी

बिएल संवाददाता

इस्लामावाद 
Breaknlinks
Breaknlinks

पकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार श्रीलंकाका समकक्षी महिन्दा राजापक्षेलाई न्यानो आतिथ्यका लागि आभार प्रकट गरेका छन्।

श्रीलंकाको दुईदिने औपचारिक भ्रमणपछि प्रधानमन्त्री खानले दुई देशबीचको आपसी सहयोगको सम्बन्ध अझ् बलियो र सुदृढ हुने दाबी गरे।

श्रीलंकाली जनतालाई अतिथि सत्कारका लागि उनले धन्यबाद समेत दिए। उनले भने, 'श्रीलंका र पाकिस्तान विशेष मित्र र राम्रो साझेदार हुन्।'

कोलम्बोमा जारी संयुक्त सम्मेलनमा प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमणले दुई देशबीच क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्व प्रति विस्वास व्यक्त गरे।

पकिस्तान र श्रीलंकाले सार्क बडापत्रको सिद्धान्त र उद्देश्यप्रति आफ्नो प्रतिबद्धता दोहो-याउँर्दै सदस्य राष्ट्रहरूले यसक्षेत्रका जनताको भलाइका लागि एकता निर्माणमा जोड दिनुपर्ने जनाए।

रचनात्मक वार्ताबाट विवादहरूको शान्तिमय समाधानको आवश्यकतामा जोड दिँदै प्रधानमन्त्री खानले क्षेत्रीय आर्थिक वृद्धि र समृद्धिका लागि चीन–पाकिस्तानले आर्थिक करिडोरको रुपमा प्रस्तुत गरेका एजेण्डामा श्रीलंकालाई सामेल हुन आग्रह गरे।

भ्रमणको क्रममा प्रधानमन्त्री इमरान खानले श्रीलंकाका प्रधानमन्त्री राजापक्षेलाई पाकिस्तान भ्रमणको निम्तो पनि दिएका छन्।

प्रकाशित मिति: : 2021-02-25 15:17:00

प्रतिकृया दिनुहोस्