प्रतिनिधि सभा पुन:स्थापना भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसामु दुई विकल्प छन्- राजीनामा दिएर बाहिरिने वा अविश्वासको प्रस्तावको सामना गर्ने।
दुई समूहमा विभाजित नेकपा यससँगै औपचारिक रुपमा फुट्नेछ। त्यसपछि संसदमा कुनै पनि पार्टीको एकल बहुमत नरहने अवस्था सिर्जना हुनेछ।