विजय साह
महोत्तरीमा एक झा दम्पती अचानक बेपत्ता भएपछि घटनाको सत्यतथ्य छानबिनको माग गर्दै स्थानीय बासीले जलेश्वर–जनकपुर खण्ड अवरुद्ध गरेको छ।
जिल्लको पिपरा गाउँपालिका ५ सहोडवाका ६५ बर्षीय मोसाफिर झा र उनकी ६० बर्षीया पत्नी गीतादेवी राति सुतेकै ठाउँबाट बेपत्ता भएका हुन्।
बेपत्ता भएका झा दम्पती मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका थिए। अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद भएको थियो।
झा दम्पती सुतेको ठाउँबाटै बेपत्ता भएका हुन्। बेपत्ता भएको ठाउँमा रगत समेत भेटिएकाले घटना शंकास्पद बनेको छ। बेपत्ता झा दम्पतिको तीव्र खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताए।
बिहानै अबेरसम्म झा दम्पती नउठेपछि हेर्दा झा दम्पती ओछ्यानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ भने स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेको छ ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया