विजय साह
महोत्तरीमा एक झा दम्पती अचानक बेपत्ता भएपछि घटनाको सत्यतथ्य छानबिनको माग गर्दै स्थानीय बासीले जलेश्वर–जनकपुर खण्ड अवरुद्ध गरेको छ।
जिल्लको पिपरा गाउँपालिका ५ सहोडवाका ६५ बर्षीय मोसाफिर झा र उनकी ६० बर्षीया पत्नी गीतादेवी राति सुतेकै ठाउँबाट बेपत्ता भएका हुन्।
बेपत्ता भएका झा दम्पती मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका थिए। अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद भएको थियो।
झा दम्पती सुतेको ठाउँबाटै बेपत्ता भएका हुन्। बेपत्ता भएको ठाउँमा रगत समेत भेटिएकाले घटना शंकास्पद बनेको छ। बेपत्ता झा दम्पतिको तीव्र खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताए।
बिहानै अबेरसम्म झा दम्पती नउठेपछि हेर्दा झा दम्पती ओछ्यानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ भने स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेको छ ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया