मैले राजीनामा दिएको छैन: महान्यायाधिवक्ता खरेल

बिएल संवाददाता

काठमाडाै‌ं

महान्यायाधिवक्ता अग्निप्रशाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन्।

विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए।

खरेलले आफुविरुद्ध षडयन्त्र भइरहेको बताउँदै भने, ‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए। राजीनामा दिए भन्नेपनि सुनियो तर मैले राजिनामा दिएको छैन।’ 

प्रकाशित मिति: : 2021-02-23 11:55:00

प्रतिकृया दिनुहोस्