म्यान्मारमा 'कू'विरुद्ध देशव्यापी आम–हड्ताल [तस्वीरहरू]

Photo - RFA Burmese
Photo - RFA Burmese

म्यान्मारमा जारी सैन्य 'कू'विरुद्ध सोमबार नागरिकहरूले देशव्यापी आम–हड्ताल गरेका छन्। जुन्ता सरकारविरुद्ध नागरिक अवज्ञा गर्दै दशौं हजार बर्मेली सोमबार सडकमा उत्रिए।

म्यान्मारको राजधानी नेपिटो, आर्थिक राजधानी रंगुन, दोस्रो ठूलो शहर माण्डलेलगायत स्थानमा मानिसले नागरिक सरकारको माग गरेका छन्। सडक प्रदर्शनमा सरकारी कर्माचारी, व्यापारी, मजदूर र प्रजातन्त्र–समर्थकहरू सहभागी थिए। 

देशका सबै शहरहरूमा सैन्य 'कू' विरुद्ध ठूलो सडक प्रदर्शन भएपछि सोमबार भने बजार–व्यसाय ठप्प भएको छ। आन्दोलनमा देशका प्रतिष्ठित सेलिब्रेटीहरूसमेत सडकमा पुगेका छन्। 



म्यान्मारमा सेनाविरूद्धको आन्दोलनमा पहिलो शहिद बनेकी खिन

'काठमाडौं' झैँ लाग्ने बर्माको 'मोगोक' उपत्यका



दक्षिणपूर्वी एसियाली देश म्यान्मारमा गत दुई सातादेखि दिनहुँ ठूल्ठूला विरोध प्रदर्शन भइरहेका छन्। नागरिक सरकारलाई अपदस्थ गरी सैनिक शासन सुरू भएपछि जनतामा तीव्र आक्रोश बढेको उनीहरू बताउँछन्। 

शान्तिपूर्ण आन्दोलनमा सेनाले नागरिकमाथि कुटपिट गर्ने, सहभागीहरूलाई पक्राउ गर्ने गरेका गुनासाहरू पछिल्ला दिनहरूमा बढिरहेको छ। 'कू' विरुद्ध भारी प्रदर्शन हुन थालेपछि सेनाले दमन गर्न सुरु गरेको छ। 

सैनिक शासकले शहरका आन्दोलनमा दमन गर्न थालेको स्थानीयबासीको भोगाइ छ । राजधानी नेपिटो र अर्को शहर माण्डलेमा आन्दोनलकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म तीन जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: : 2021-02-22 18:04:00

प्रतिकृया दिनुहोस्