सर्वोच्चले छाडेलगत्तै विप्लव समूहका नेता बाँस्तोला फेरि पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ।

बाँस्तोलालाई सोमबार प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न रिहा गर्न आदेश दिएको थियो। तर रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो।

बाँस्तोलामाथि काभ्रेमा मुद्दा रहेकाले पुनः पक्राउ गरिएको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति: : 2021-02-22 17:37:00

प्रतिकृया दिनुहोस्