उपचारका लागि दिल्ली जाँदै बाबुराम भट्टराई

Babauram Bhattrai Facebook
Babauram Bhattrai Facebook

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्  अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार भारत जाँदैछन्। उनी स्वास्थ्य उपचारका लागि राजधानी नयाँ दिल्ली जान लागेका हुन्। 

नेपाल वायु सेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको बताइएको छ।

पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी भारत जान लागेका हुन्। उनलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकहरूको छ। भट्टराईको उपचार 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस'मा हुनेछ ।

उपचारका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईसँग श्रीमती हिसिला यमी र सहयोगी रहने सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-21 08:49:00

प्रतिकृया दिनुहोस्