नयाँ व्यवस्थाबाट देश चलाउनुपर्ने भन्दै पूर्वमन्त्री तामाङ र प्रदेश सांसद राईको दम्पती ओली समुहमा प्रवेश

Sher bahadur Tamang Facebook
Sher bahadur Tamang Facebook

विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा प्रवेश गरेका छन्।

०७४ सालको चुनावपछि ओली  सरकारमा कानुन मन्त्री बनेका नेता तामाङ  प्रतिनिधिसभा विघटन भएलगत्तै प्रचण्ड-माधव समूहमा लागेका थिए। तर राजनैतिक संकट र जनताको मनोविज्ञान बुझेर ओली समूहमा प्रवेश गरेको उनको भनाई छ।

उनकी पत्नी तथा प्रदेश १ कि सांसद उषाकला राईले पनि संसदीय व्यवस्था फेल भइसकेको ठहर गर्दै अब नयाँ व्यवस्थाबाट देश चलाउनुपर्नेमा जोड दिँदै आएकी छिन्।

विराटनगरमा आज हुन लागेको ओली समूहको आमसभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले तामाङ दम्पतीलाई आफ्नो समूहमा स्वागतसहित प्रवेश गराउँदै छन्।

प्रकाशित मिति: : 2021-02-20 14:13:00

प्रतिकृया दिनुहोस्